महिलालाई आत्मरक्षा तालिम


काठमाडौं, (नेस)
महिला हिंसाबाट जोगिने उपाय बारे जानकारी दिने उद्देश्यले मानसिंह शाखा डोजोले महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सोमबार आयोजना ग¥यो । तार्केश्वर नगरपालिकाका छात्रा र महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको एकदिने तालिममा करिब ८ सयको सहभागिता रहेको आयोजक डोजो प्रमुख महेश महर्जनले जनाएका छन् ।