मास्केको सम्झनामा श्रद्धान्जली कार्यक्रम


काठमान्डौ, (नेस)
नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष सिताराम मास्केको सम्झनामा नेपाल ओलम्पिक कमिटीले आइतबार सातदोबाटोस्थित आफ्नो प्रधान कार्यालयमा श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।

एक मिनेट मौन धारणसहित सुरु गरिएको उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ लगायत खेलकर्मी तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले उहाँको तस्वीरमा माल्यार्पण गरी समवेदना प्रकट गरेका थिए । उक्त कार्यक्रममा नेपाल भारत्तोलन संघका महासचिव पारथ सार्थ सेन गुप्ताले स्व. मास्केले भरोत्तोलन क्षेत्रमा पु¥याउनु भएको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो ।