चितवन फाइनलमा


विजय नेपाली, पोखरा
पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग ( पिपीएल ) मा चितवन राइनोज फाइनल प्रवेश गरेको छ ।
चितवनले काठमाण्डौँलाई ६ विकेटले पराजित गरेको हो । चितवनले अब उपाधिको लागि घरेलु टोली पोखरा पल्टन संग मंगलवार भिड्ने छ । टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौलें अन्तिम ओभरमा अलआउट हुदैँ ९४ रनमात्र जोड्दै निकै सहज लक्ष्य दिएको थियो । चितवनले अन्तिम १० बल बाकिँ रहदाँ जित हार पारेको हो । काठमाण्डौँले पहिलो आभरमा राम्रो प्रदर्शन गरे पनि दोस्रो ओभरबाट भनेगतिलो खेल खेल्न सकेन ।

काठमाण्डौँले पहिलो ओभरमा १५ रन जोडेको थियो दोस्रो ओभरमा तीन विकेट गुमाउन पुगेको थियो ।काठमाडौंका लागि ओपनर जयकिशन कोल्सावाला र कप्तान ज्ञानेन्द्र मल्लले पाँचौ विकेटको लागि ३८ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे पनि अन्य व्याट्सम्यानले राम्रो अंक जोड्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा २ चौका प्रहार गर्दै ३० रन र जयकिशन कोल्सावाले ३७ बलमा २ चौका प्रहार गर्दै २५ रनमा आउट भए । अमित श्रेष्ठ ९, गौरव तोमर १, नरेश बुढाएर १, आदील खान ८, अमरसिंह राउटेला ९ र सुशन भारी ३, वसन्त रेग्मी र पवन सर्राफ शुन्य रनमा पेभेलियन फर्किए ।

चितवनका सन्नि पटेलले ३, स्मीथ पटेल र भुवन कार्कीले समान २–२ तथा कप्तान पारस खड्का र करण केसीले समान १–१ विकेट लिए । चितवनको लागि स्मीथ पटेलले सर्वाधिक ४३ बलमा ३ चौका प्रहार गर्दै ३८ रन बनाएका थिए । राम्रो शुरुवात गरेका ओपनर हरीशंकर शाहले २२ बलमा ३ चौका, १ छक्का प्रहार गर्दै २६ रन बनाएका थिए । अर्का ओपनर अनिल शाह भने १ रनमै पेलिभियन फर्किएका थिए । कप्तान पारस खड्का २, आरिफ सेख २० र सन्नि पटेलले ६ रन जोडेदै टिमलाई जित दिलाएका थिए । काठमाण्डौँका शुसान भारीले ३ तथा पवन सर्राफले १ विकेट लिए । खेलको म्यान अफ दी म्याच चितवनका सन्नि पटेल घोषित भए ।

यस अघि काठमाण्डौँलाई हराउदैँ पोखरा पिपिएलको फाइनलमा प्रवेश गरिसकेको छ । पोखराले ५ खेल खेल्दै ३ खेलमा जित र २ खेलमा हार व्यहोरर्दै ६ अंकका साथ रन रेटको आधार लिग तालिकाको शिर्ष स्थानमा रहदैँ फाइनलको यात्रा तय गरेको हो । त्यस्तै समान खेल खेलेको चितवन रन रेटको आधारमा दोस्रो र काठमाण्डौँ तेस्रो स्थानमा रहेको थियो । पिपिएल लिग विजेताले नगद २७ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।