कलाकर्मीहरु सम्मानित


राजाधानीमा आयोजित एक समारोहबिच कलाकर्मीहरुलाई सम्मान गरिएको छ।
अन्तराष्ट्रिय नेपाली साहित्यिक समाजद्वारा शुक्रबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका बिच कलाकर्मीहरुलाई सम्मान गरिएको हो।

कार्यक्रममा संगीतकार, गीतकार तथा गायक शम्भुजीत बासकोटालाई अनेसास राष्ट्रकवि माधव घिमिरे विशिष्ट गीत पुरस्कार२०७५ बाट पुरस्कृत गरियो। बासकोटालाई २१ हजार १ सय रुपैया“सहित पुरस्कृत गरिएको हो। कार्यक्रममा अनेसास विशिष्ट सम्मान २०७५ बाट संस्कृतिविद चेनत कार्कीलाई सम्मानित गरियो। त्यसै गरी अनेसास योगदान सम्मानबाट कवि तोया गुरुङ र साहित्यकार डा. रामदयाल राकेशलाई सम्मान गरियो भने अनेसास नवरत्न सम्मानबाट गीतकार एवम् प्राज्ञ उन्नती बोहरा ‘सिलाु, गायिका हरिदेबी कोईराला, कवि लक्ष्मी माली, युवा नाट्यकर्मी सम्पदा मल्ललाई सम्मानित गरियो।

सोही अवसरमा प्राज्ञ एवम् गीतकार उन्नती बोहरा सिलाको गीति पुस्तक फर्की आउ शान्ति तिमी र कथाकार अर्जुन थापाको कथासंग्रह नाम मात्रको लोग्नेको अनेसासका अध्यक्ष राधेश्याम लेकाली, संगीतकार शम्भुजीत बासकोटा, संस्कृतिविद् चेतन कार्की र कथाकार माया ठकुरीलेलगायतले विमोचन गरे। कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले सम्बन्धित पुरस्कार र पुरस्कृत श्रष्टाबारे प्रकाश पारे।