मेलौलीमा भलिबल शुरु


बैतडी, (नेस)
बैतडीको मेलौलीमा शनिवारदेखि दोश्रो मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मेलौली नगरपालिकाको आयोजनमा शुरु भएको प्रतियोगितामा ९ ओटै वडाका १८ टीमको सहभागिता रहेको छ ।

प्रत्येक वडाका महिला र पुरुषको एक एक टीमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २५ हजार ट्रफी र प्रमाणपत्र, दोश्रो हुने टीमलाई नगद २० हजार, ट्रफी र प्रमाणपत्र,तेश्रो हुने टीमलाई नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।