बंगलादेस च्याम्पियन, नेपाल चौथोमा सीमित


काठमाडौं, (नेस)
ललितपुरमा सम्पन्न साफ यु १५ फुटबल च्याम्पियनसिपको उपाधि बंगलादेसले जितेको छ ।

शनिबार सातदोबाटोस्थित एन्फा भवनको मैदानमा भएको फाइनल खेलमा बंगलादेसले पािकस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएर उपाधि जित्यो । यसअघि निर्धारित समयमा १–१ गोलमा टुंगिएको थियो । पाकिस्तानका कप्तान हाजीब अहमद खानले २५औं मिनेटमा आत्मघाती गोल गरेपछि बंगलादेस १–० ले अगाडि रहेको थियो । तर दोस्रो हाफमा मोहोबुल्लाह उल्लाहले पेनाल्टी गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए । यसपछि गोल हुन सकेन र निर्णय पेनाल्टी सुटमा गर्नु परेको थियो ।

हिजै भएको तेस्रो स्थानको खेलमा नेपाल पराजित भएको छ । भारतसँग १–० गोलअन्तरले हारेर नेपालले तेस्रो स्थान पनि गुमाएको थियो । नेपाल अघिल्लो संस्करणमा पनि भारतसँग हारेर उपाधिबाट विमुख भएको थियो । योसँगै प्रतियोगितामा नेपालले चार खेलमा एक जित मात्रै हात पार्न सकियो । समूह चरणमा भुटानलाई हराएको नेपालले बंगलादेससँग २–१ ले हारेको थियो । सेमिफाइनलमा पाकिस्तानसँग नेपाल ४–० गोलअन्तरले हारेर फाइनल पुग्नबाट वंचित भएको थियो ।