मनाङलाई सिक्किममा उपाधि


काठमाडौं, (नेस)
मनाङ मस्र्याङदी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार गांग्टोकस्थित पाल्जोर रंगशालामा भएको फाइनल खेलमा इन्डियन रेड आर्मीलाई १–० गोलअन्तरले हराउँदै मनाङले उपाधि हात पारेको हो । निर्णायक गोल सुजल श्रेष्ठले गरेका थिए । उनले ८१औं मिनेटमा गोल गरेपछि मनाङको उपाधि पक्का भएको थियो ।

नेपालको लिग विजेता मनाङले क्वार्टरफाइनलमा कोलकाता कस्टम्सलाई ४–२ गोलअन्तरले हराएको थियो। सुजलले २ गोलको योगदान िदिएका थिए । सेमिफाइनलमा कोलकाता एटिकेलाई ६–२ को फराकिलो गोलअन्तरले हराएपछि नै मनाङ उपाधि दावेदारीमा उभिएको थियो । जसमा डोना थापाले ह्याट्रिक गरेका थिए ।