अन्तर्राष्ट्रिय नेत्रहीन क्रिकेटका लागि टोली घोषित


नेपाल समाचारपत्र, काठमाडौं
आगामी वर्ष पाकिस्तानमा हुने अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगितामा सहभागि हुने नेपाली महिला टोलीको शनिबार घोषणा भएको छ ।

नेत्रहीन क्रिकेट संघ नेपालले जनाएअनुसार पाकिस्तानमा प्रतियोगिता जनवरी २६ देखि फेबु्रवरी ४ सम्म आयोजना हुनेछ । यसको तयारीको लागि कार्तिक १३ देखि १५ गतेसम्म काठमाडौंमा छनोट प्रतियोगिता गरिएको थियो । नेपालका वरिष्ठ क्रिकेट प्रशिक्षकद्वय अरुण अर्याल, सुनोज भट्टराई तथा अम्पायरद्वय नहेन्द्र निरौला र गीता रेग्मीको संयोजकत्वमा १५ सदस्यीयको नेपाली टोलीको घोषणा भएको हो ।

टोलीमा छनोट हुने खेलाडीमा आशा रेग्मी, रिता थापा, हिता गुरुङ, मुना अर्याल, सरिता घिमिरे, सुषमा तामाङ, आयुष्मा क्षेत्री, भगवती अमगाई, मनकेशी चौधरी, विमला राई, मीना क्षेत्री, आशिका चौधरी, बीनीता पुन, भगवती भट्टराई र गीता पौडेल रहेका छन् ।