नम्बर ७ बाहिनी पहिलो


काठमाडौं, (नेस)
सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय कैलाली नम्बर ७ बाहिनी ६ स्वर्ण, ६ रजत र ९ कास्य पदकसहित कुल २१ पदक प्राप्त गरी सशस्त्र प्रहरी महानिरीक्षक कप २०७५ मा पहिलो भएको छ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधानकार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहका बीच टोलीलाई उपाधि तथा ५० हजार नगद पुरस्कार प्रदान गरियो। ३ स्वर्ण, १ रजत र ३ कास्यसहित सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय सुनसरी नम्बर १ बाहिनी दोस्रो तथा ३ स्वर्ण पदकसहित सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय कास्की नम्बर ४ बाहिनीले तेस्रो स्थान हासिल गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही कात्तिक ११ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा फुटबल, भलिबललगायत एथ्लेटिक्सका खेलहरूमा गरी ४० जना महिला खेलाडीसहित कूल ४ सय १९ जना खेलाडीहरूले सहभागिता जनाएका थिए।