मुख्य प्रशिक्षक बिनै मड्रिडको शानदार जित


एजेन्सी,
रियल मड्रिडले ‘कोपा डेल रे कप’ चौथौ चरणको पहिलो लेगमा शानदार जित हात पारेको छ।

मड्रिडले बुधबार राति मेलिला क्लबमाथि उसकै घरेलु मैदानमा ४–० को जित निकालेको हो।

आइतबार राति एल–क्लासिकोमा लज्जास्पद हार व्यहोरेपछिको पहिलो खेलमा मड्रिडले शानदार जित निकालेको हो ।

लगातार खराब प्रदर्शन पश्चात मड्रिडले प्रशिक्षक पदबाट जुलेन लोपेटगीलाई बर्खास्त गरेको अवस्थामा मुख्य प्रशिक्षक बिनै खेल जिताउन कार्यकारी प्रशिक्षक सान्टियागो सोलारीलाई चुनौती थियो।

तर सोलारीले आफ्नो पहिलो खेलमा जित निकाल्दै मड्रिडलाई राहत प्रदान गरेका छन्।

बुधबार मड्रिडको जितका लागि करिम बेन्जेमा, मार्को आसेन्सियो, अल्भारो ओड्रिओजोला र क्रिस्टो गोन्जालोजले समान एकरएक गोल गरेका थिए।