रियल मड्रिडका प्रशिक्षक लोपेटेगी बर्खास्त


एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ । प्रशिक्षक लोपेटेगीको प्रशिक्षणमा रियलले लगातार खराब प्रदर्शन गरेपछि गयराति बसेको क्लबको कार्यकारी बैठकले उनलाई बर्खास्त गरेको हो ।

लोपेटेगी एकै वर्षमा दुई वटा कामबाट बर्खास्तीमा परेका हुन् ।

विश्वकपअघि रियल मड्रिडमा आवद्ध हुँदा लोपेटेगीलाई स्पेनिस फुटबल संघले बर्खास्त गरेको थियो । प्रशिक्षक जिनेदिन जिदानले रियल छोडेपछि उनलाई साढे चार महिना अघि क्लबले प्रशिक्षकमा नियुक्त गरेको थियो । पछिल्लो तीन संस्करणको च्याम्पियन्स लिग विजेता रियल लोपेटेगीको प्रशिक्षणपछि ला लिगामा नवौं स्थानमा झरेको छ, जुन सन् २००१–०२ सिजनपछिकै सबैभन्दा खराब नतिजा हो । लोपेटेगीलाई बर्खास्त गरेसँगै रियलले बी टिमका प्रशिक्षक तथा पूर्व खेलाडी सान्टियागो सोलारीलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।