धनगढी र बुटवल विजयी


विजय नेपाली, पोखरा
नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत आइतवार भएको खेलमा एक्सर्ट धनगढी र बुटवल ब्लास्टस विजयी भएको छ ।

पहिलो खेलमा एक्पर्ट धनगढीले विराटनगर टाइटनसलाई ७८ रनले हराएको हो । टस हारेर पहिलो व्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा अलआउट हुदैँ एक सय ८२ रन बनाएको थियो । एक सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर टाइटन्स १७ ओभरमा एक सय ४ रन बनाउदा अल आउट हुन पुग्यो । प्रतियोगितामा धनगढीको यो पहिलो जित हो भने विराटनगरको दोस्रो हार हो ।

धनगढीको लागी इङलिस ब्याट्सम्यान पिटर ट्रेगोरले सर्वाधिक ५३ रनको अर्धसतकिय इनिसिङ पुरा गरे । पिटरले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए । धनगढीका ओपनर प्रदीप ऐरी दोस्रो ओभरमा ४ रन मात्र बनाउदै आउट हुन पुगे । सुनील धमला र मोहमद जैदले साझेदारी गर्ने प्रयास गरेपनि सुनील २१ रनमा दीपेन्द्रसिंह ऐरीको बलमा उनकै हातबाट क्याचआउट भए ।

राजु रिजाल ५ र जैद १९ रनमा पभेलियन फर्किए । किशोर महतो ९, राजेश पुलामी मगर २ र पुष्प थापा २ ले बाहेक दोहोरो अंक जोडन भने सकेनन् । सन्दीप लामिछाने १० रनमा आउट भए । धनगढीका लागि ड्यानीएल लरेन्सले ४ ओभरमा १७ रन खर्च गर्दै ३, दिपेन्द्रले २, रोबिन क्षेत्री, डेविड ट्रेगो र कमलसिंह ऐरीले १–१ विकेट लिए ।

धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए । धनगढीले ८ रन जोड्दा पहिलो विकेटको रुपमा ड्यानियल लरेन्सलाई २ रनमा गुमाएको थियो । त्यसपछि सन्दीप सुनार ९ रनमा पभेलियन फर्किदाँ र दीलिपनाथ ८ रनमा आउट हुँदा टिमले ३८ रन जोडेको थियो । त्यसपछि कप्तान ऐरी र पिटर ट्रगोरले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । सन्दीप जोरा १२ रनमा, रोविन क्षेत्रीले १० रनमा,योगेन्द्रसिंह कार्की ६ रनमा आउट भए त्यस्तै मन्जित श्रेष्ठ १ रनमा पेभेलियन फर्किए ।

सौरभ खनाल २० ओभरको अन्तिम बलमा क्याचआउट भए । उनले १३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४१ रन बनाए । विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए भने किशोर महतो, सुनिल धमला, सन्दीप लामिछाने र मोहम्मद जायद आलमले समान १–१ विकेट लिए ।

खेलको म्यान अफ दी म्याच धनगढीका पिटर ट्रगोर घोषित भए उनले नगद दश हजार रुपैयाँको साथमा ट्रफि हात पारे खेलको पहिलो अर्धसतक पुरा गरेका उनले फास्ट ५० को उपाधि समेत हात पारे भने क्लियर क्याच धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरी घोषित भए ।

दोस्रो खेलमा बुटवल ब्लास्टसले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्यो । टस जितेर ब्याटीङ रोजेको बुटवलले ७ विकेटको क्षतिमा एक सय ५० रन बनाएको थियो । एक सय ५१ रनको विजयी लक्ष्य पछयाएको पोखरा २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रन मात्र बनाउन सक्यो । पोखराका ओपनर आसिफ शेख र कुशल भुर्तेल ३१ रनको स्थितिमा आउट भएका थिए ।

कुशलले ९ र आसिफले २० रन मात्र बनाउन सफल भए । त्यस लगतै विकेट झर्दा पोखराको हार निश्चित भइसकेको थियो । रविन्द्र सिंह ११, विनोद भण्डारी ६ तथा रोहित पौडेल २ रनमा आउट भए ।

कप्तान शरद भेषावकर १९ रनमा बोल्ड भए । मेहबुब आलमले १ रन जोड्दा रासिद खान १०, विक्रम भुसालले ८ तथा ललितनारायण राजवंशीले ९ रन मात्र बनाउन सके । बुटवलका लागि सोमपाल कामी, रोहन मुस्तफा, ललितसिंह भण्डारी र विपिन खत्रीले समान २–२ विकेट लिए भने सागर पुनले १ विकेट लिए ।

खेलको म्यान अफ दि म्याछ बुटवलका मोहमद आलम घोषित भए उनले नगद १० हजार रुपैयाँको साथमा ट्रफी हात पारे भने क्लियर क्याचको उपाधी समेत हात पारे खेलको फास्ट ५० बुटवलकै भिम सार्किले हात पारे उनले ३८ बलमा ५० रन बनाएका थिए । बुटवल लगातार दोस्रो पटक खेल जित्ने पिपिएलको पहिलो टिम समेत बनेको छ । बुटवले विनिङ्ग बोनस स्वरुप १५ हजार पाँच सय हात पा¥यो ।