किन हतार ?


प्रदेश ३ले अब छिटै ऐतिहासिक काम गर्ने भएछ । सो प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब एक महिनाभित्रै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने दावी ग¥या छन् । यो विषयले संसदमा प्रवेश पाइसकेकाले तिहार लगत्तैको बैठक काफी हुने उनको तर्क छ ।

आइतवार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भन्न भ्याए–‘प्रदेशको नाममा कुनै प्रस्ताव आएको छैन, नाममा त्यति ठूलो विवाद छैन ।’ उनको कुरा सुनिसकेपछि धरहरालाई लाग्यो किन यति द्रुत गतिमा काम गर्नु प¥या होला बल्ल त प्रदेशको निर्वाचन भएको एक वर्ष हुन लाग्यो ।

कम्रेड पौडेलले यस्तो दावी नगरुन पनि कसरी, नयाँ कुरा सुनाउन कुनै बाँकी भए पो ? जे होस सो प्रदेशका कमे्रड माननीयले केही दिनलाई भएपनि यस्तै दावी दोहो¥याउने निधो भयो । अनि आफ्नु माऊ पार्टीले खुसुक्क नाम र राजधानी टुङ्गो लगाउने गन्ध पाएर पो पौडेलले ‘यसमा कुनै विवाद छैन’ भन्न भ्याएका हुन् कि, धरहरालाई यस्तै शंका लाग्या छ ।