मिस नेपालको पहलमा स्वास्थ्य शिविर


हेटौंडा, (नेस)। मकवानपुरको विकट कैलाश गाउ“पालिकाको वडा नम्बर ७ ताम्लाङमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। मकवानपुरे चेली मिस नेपाल २०१८ शृंखला खतिवडाको पहलमा शिविर भएको हो।

२ सय ७० जनाले स्वास्थ्य परीक्षण गराएको शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो। शिविरमा भरतपुर आ“खा अस्पतालकी डा. पुष्पा गिरी, चुरेहिल अस्पताल हेटौंडाका डा. सुन्दर श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका डा. राघवेन्द्र ठाकुरलगायत स्वास्थ्यकर्मीले सेवा दिएका थिए। शिविरमा भरतपुर आ“खा अस्पताल, मकवानपुर सहकारी अस्पताल, चुरेहिल अस्पताल हेटौंडा र मकवानपुरका लायन्स क्लबहरूले सहयोग गरेका थिए।