विदुर गिरी
हामीकहाँ कुनै फिल्म हेर्न पहिले नै एउटा मनस्थिति बनाएर गइन्छ र त्यो मनस्थितिको चश्माले हेर्दा या त खोटैखोट देखिन्छ, या त सबै पक्ष सबल भेटिन्छ। तर कुनै मनस्थिति नबनाई र कुनै मनस्थितिको चश्मा नपहिरिई शून्य दिमागले फिल्म हेर्नुको मज्जा बेग्लै हुन्छ। यस्तै मज्जा लि“दै दर्शकका बीच हेरिएको एउटा फिल्मको चर्चा यहाँ गर्ने प्रयास गरिएको छ।
एउटा स्कुलको पालेदेखि शिक्षक शिक्षिकासम्म कोही कसैको वशमा छैन। न त स्कुल प्रशासनको, न त स्कुल प्रमुखको नै। सबै आ–आफ्नो ध्याउन्नमै मस्त छन्।
कोही बिहे र भोजभतेरमा बाजा बजाउनमै व्यस्त, कोही जुवाको खाल र जग्गा दलालीमै मस्त। ग्रामीण भेगको सरकारी स्कुलको कथा बुन्दै छक्का पञ्जा–३ ले पस्केको मूल विषय हो यो। कक्षाकोठामा पढाइरहेको मास्टर जग्गा किन्ने ग्राहकको फोन आउनासाथ कुदिहाल्छ, अर्का मास्टरसाप जुवामै भुलिरहन्छन्। जसका कारण उनका पिता जानी नजानी विद्यार्थी पढाउन जान्छन्। अर्कोलाई आफ्नै संगठनको काम र बैठकले कक्षा लिने फुर्सदै छैन। शिक्षिका जहिले अन्तै कुद्ने। पालेसमेत टेर्दै नटर्ने। केही भन्यो कि आफ्नो जातीय संगठनको धाक लगाएर उल्टै तसाइदिन्छ।
स्कुलको घन्टी बजाउन छोडेर बाजा बजाउन दौडिन्छ। लाचार स्कुल प्रमुख आफैं घन्टी बजाएर कक्षा शुरू भएको र सकिएको संकेत दिन्छन्। गुनासो गर्छन्– ‘पाले भनेर राखेको भाले परेछ।’ विद्यार्थी परीक्षाको नजिक पुगिसकेका हुन्छन्, कोर्स नसकिएकाले चिन्तामा परेका छन् उनी। सञ्चालक समितिका अध्यक्ष र पदाधिकारी राजनीतिक दाउपेच र खेलमै मस्त छन्। आफ्ना पक्षकालाई अगाडि सारेरै रमाउ“छन्। मोजदेखि भोज गर्नेसम्मको थलो त्यही स्कुल हुन्छ। फलस्वरूप स्कुलको बेथिति चुलिएको चुलियै, एसइईको नजिता जहिले खराब।
सरसर्ती हेर्दा यो केबल सरकारी स्कुलमा हुने बेथितिको पराकाष्ट हो भन्ने लाग्छ। तर छक्का पञ्जा–३ ले फिल्म अवधिभर स्कुलको कथालाई अगाडि सार्दै हरेक क्षेत्रमा हुने गरेका राजनीतिकीकरण र त्यसले निम्त्याएको बेथितिले समग्रमा देशलाई कता पु¥याइरहेको छ भन्ने सांकेतिकरूपमा देखाएको छ।
अघिल्ला संस्करणको कमेडीमा रमाएका दर्शकलाई छक्का पञ्जा–३ अगाडिका फिल्मका तुलनामा केही खल्लो किन लाग्न सक्छ भने अगाडिजस्तै केबल हसाउने दृश्यमात्र संयोजन गरेको छैन तर निराश पनि किन बनाउ“दैन भने यो गम्भीर मुद्दा उठाउँदै सलल बगेका छ।
नामका आधारका छक्का पञ्जाका अघिल्ला दुई संस्करण हेरी केबल कमेडीमा रमाएका दर्शकका लागि छक्का पञ्जा–३ अगाडिका फिल्मका तुलनामा केही खल्लो किन लाग्न सक्छ भने अगाडिजस्तै यसले शुरूदेखि केबल हसाउने दृश्यमात्र संयोजन गरेको छैन। फिल्म केबल हासैहासोले भरिएको छैन तर निराश पनि किन बनाउ“दै भने यसले गम्भीर मुद्दा उठाउ“दै दर्शकलाई भावुक पनि बनाउँछ, बाँधिरहन्छ, सँगसँगै हसाउँदै डो¥याउँछ।
देशभर तेस्रो सातामा समेत उत्साहपूर्वक हेरिइरहेको र विदेशमा पनि मन जितिरहेको फिल्मको कथा चाखलाग्दो छ। पटकथाले यसरी बाँधिदिन्छ कि दर्शक शौचालय जानसमेत अल्छी मान्छन्। संवाद गहकिला छन्, गीत संगीत आकर्षक। नृत्यले रोमाञ्चकता थपिदिन्छ भने द्वन्द्व स्वाभाविक छ। छायांकनले आँखालाई शितलता प्रदान गर्छ, सम्पादन अर्को बलियो पक्ष छ। ठाउँठाउँका दृश्यको संवादमा सिंक आउट देखिनुले भने केही प्राविधिक कार्य हतारमा सकाइएको प्रतीत हुन्छ।
फिल्मभित्र
कथा÷पटकथा ः दीपकराज गिरी
संवाद ः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठ
संगीत ः दीपक शर्मा र अर्जुन पोखरेल
कोरियोग्राफी ः कविराज गहतराज र प्रवीन सिंह
छायांकन निर्देशन ः पुरुषोत्तम प्रधान
छायांकन ः मानकृष्ण महर्जन र शेरबहादुर लामा
सम्पादनः विपिन मल्ल
द्वन्द्व ः रोशन श्रेष्ठ
अभिनयतर्पm दीपकराज गिरी, स्वस्तिमा खड्का, शिवहरी पौडेल, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, निर शाह, शिशिर वाङ्देल, लक्ष्मी गिरी, जयनन्द लामा, किरण केसी, अनुराग कुँवर, विल्शनविक्रम राई, वसन्त भट्ट जमेका छन्। फिल्मको मुख्य कलाकारमध्येकी नायिका दीपिका प्रसाईं जमेकी छिन्।
फिल्मलाई सलल बगाएर अगाडि लानसक्नु यसको निर्देशकको खुबी मान्नुपर्छ। थुपै्र कलाकार राखिए पनि सबैलाई यादगार बनाउन सक्नु निर्देशकको अर्को खुबी लाग्छ। समग्रमा फिल्म मनोरञ्जनसँगै सार्थक बन्न पुगेको छ।
प्रतिक्रिया