छापामार शैलीमा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास


सुरेश तामाङ, काठमाडौं
स्थानीयको अवरोधकै कारण निर्माण कार्य ठप्प बनेको चोभारमा प्रस्तावित सुख्खा बन्दरगाहको शिलान्यास भएको भोलिपल्टै काम ठप्प बनेको छ । विभिन्न माग राखी सुख्ख बन्दरगाहको काम ठप्प पारेका स्थानीयलाई छक्याउँदै निर्माण पक्षले शुक्रबार सुटुक्क सिलान्यास गरेका थिए ।

लगत्तै ठेकेदारले निर्माणको काम थाल्यो । निर्माणको काम थालेको थाहा पाउनेबित्तिकै स्थानीयले त्यसको भोलिपल्टै अर्थात् शनिबार काम ठप्प पारे ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले साउनको अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बन्दरगाहको शिलान्यास गर्ने कार्यक्रम राखेको थियो । तर स्थानीयको लगातारको अवरोधपछि शिलान्यास कार्यक्रम स्थगित गरेको थियो ।

शिलान्यासको भोलिपल्टै काम ठप्प

त्यसपछि प्रस्तावित बन्दरगाहमा रुख कटानबाहेक केही काम हुन सकेको थिएन । रुखकै कारण स्थानीयलाई असर गरेको हुनाले रुख कटानमा भने स्थानीयको केही अवरोध रहेन । तर अकस्मात ठेकेदार पक्षले सिलान्यास गर्दै निर्माणको काम थालेपछि स्थानीय भौतिक रुपमा उत्रिने भनेपछि ठेकेदार पक्ष तत्काल काम रोक्न बाध्य बन्यो ।

निर्माण पक्षका साईट हेर्ने यज्ञराज कार्कीले भिडमा जम्मा भएका आक्राशित स्थानीयलाई सम्झाउने कोशिस गर्दै माथिबाट काम रोक भन्ने आदेश नआएसम्म काम रोक्न नमिल्ने बताईरहेका थिए । काम नरोके जबरजस्ती गर्ने स्थानीयको अडानपछि उनी काम रोक्न बाध्य भए ।

चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनले अदालतमा विचराधिन रहेको विवादित स्थानमा बन्दरगाह जबरजस्ती गर्दै निर्माण गर्न खोजिएको भन्दै निर्माण कार्य तत्काल रोक्न आग्रह गर्नुभयो ।

निर्माणस्थलमा काम रोक्न जाने क्रममा उहाँले चेतावनी दिँदै भन्नुभयो–‘स्थानीयको अबरोध रहँदा रहँदै यसरी बलपँर्वक काम थाल्नु राम्रो होइन । तत्काल काम रोक्नँस् नत्र हामी स्थानीय भौतिक कारबाहीमा जान बाध्य हुनेछौँ ।’ अहिले चोभारमा निर्माण हुन लागेको यस बन्दरगाह प्रस्तावित स्थानमा नसुहाउने अदँर्दशी योजना रहेको भन्दै निर्माण कार्य रोकी योजना नै फिर्ता हुनु पर्ने उहाँले बताउनुभयो ।

‘यदी बलपुर्वक नै गर्ने हो भने यसबाट हुन जाने सम्पँर्ण परिणामको जिम्मेवारी स्वयं कम्पनी र समिति हुनेछ,’ उहाँले भन्नुभयो–‘हामी लड्न तयारी भएर आएका छौँ ।’

बन्दरगाहको निर्माण कार्य थाल्नु अगाडि हिमाल सिमेन्ट कारखानाले स्थानीय समुदायलाई पु¥याएको क्षतिको उचित राहत दिइनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई नै फिर्ता गरिनुपर्ने, कारखानाका कर्मचारी अहिलेसम्मकै पारिश्रमिक पाउनुपर्नेलगायतका माग स्थानीयले राख्दै आएका छन् ।

सरकारले चोभारस्थित हिमाल सिमेन्ट कारखानाको जग्गामा सुख्खा बन्दरगाह बनाउने निर्णय गरी काम अघि थाल्न निर्देशन दिएको थियो । सरकारको निर्णयसँगै उद्योग बाणिज्य तथा आपँर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त कार्यका लागि ठेकेदार कम्पनी समेत छनौट गरी कार्यक्षेत्रमा खटाइएको थियो । तर स्थानीयको लगातारको अबरोधले शिलान्यास समेत हुन सकेको थिएन ।

११ दशमलब ७७ हेक्टर अर्थात २ सय ३२ रोपनीमा फैलिएको उक्त बन्दरगाह १८ महिनाभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी शाङछी र नेपाली कम्पनी आशिषको ज्वाइन्ट भेन्चरसँग सम्झौता समेत भएको थियो । उक्त कार्यका लागि विश्व बैंकसँग २२ लाख अमेरिकी डलर ऋण लिने सहमति भइसकेको थियो ।