पीपीएल : काठमाडौं रोयल्सद्वारा धनगढी १७ रनले पराजित


काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)को शनिबार भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले जित हात पारेको छ । काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको हो ।टस जितेर ब्याटिङ रोजेको काठमाडौंले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको धनगढीले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रनमात्रै बनाउन सक्यो ।

धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेलेपनि जिताउन सकेनन् । ४२ बल खेलेका दीपेन्द्रले ३ चौका र ३ छक्का प्रहार गरेका थिए। विस्फोटक ब्याटिङ गरेका धनगढीका सन्दीप जोराले ११ बलमा २७ रन रन जोडेका थिए। उनले ३ छक्का र १ चौका प्रहार गरे ।

काठमाडौंका अमरसिंह रौटेला, सुशान भारी र बसन्त रेग्मीले समान २–२ विकेट लिए ।
यसअघि काठमाडौं रोयल्सका विदेशी खेलाडी गौरव तोमार सर्वा्धिक ९५ रन बनाए । उनी खेलको ‘प्लेयर अफ द म्याच’ समेत बने ।

यस्तै नरेश बुढाऐरले ३६ रनमा नटआउट रहे । २४ बल खेलेका उनले २ छक्का र २ चौका प्रहार गरे। भने टोलीका लागि जयकिशन कोल्सावालाले २५ रन जोडे ।

धनगढीका दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र पिटर डेबिड ट्रिगोले समान १–१ विकेट लिए।