आइसिसिको ट्रफी टुर पोखरा पिपिएलमा


विजय नेपाली, पोखरा ।
आइसिसिको विश्वकप ट्रफी टुर पोखरामा ल्याइएको छ । नमस्ते पोखरा प्रीमियर लिग पिपिएलमा सार्वजनिकको लागि राखिएको थियो । रंगशालामा ल्याइएको थियो । उक्त ट्रफिलाई राष्ट्रिय क्रीकेट टिमका स्पिनर सन्दीप लामिछानेले पहिला लिएका थिए । पोखरा रंगशालामा भइरहेको पिपिएलमा सर्वसाधारणलाई समेत हेर्ने व्यवस्था मिलाइएको थियो । ट्रफी अवलोकन गर्न दर्शकको भिडलागेको थियो ।

सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म इङ्ग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकपको ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स ९युएइ० हुँदै नेपालको काठमाडौं हुँदै पोखरा ल्याइएको हो ।

ट्रफी पोखराको फेवातालमा, सारङ्कोट , रुपा र बेगनास ताल लगिने आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले बताइन । “ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको लोकप्रियता बढाउनु र पर्यटन प्रवद्र्धन गर्नु हो, पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पुर्‍याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनास तालसम्म ट्रफी पुर्याइने छ ” ।

त्यस्तै कात्तिक २८ गते ट्रफीलाई काठमाडौँको ऐतिहासिक स्थान चन्द्रागिरि लगिनेछ । चन्द्रागिरिमा लगेर केही घण्टा त्यहाँ प्रदर्शनीमा राखिनेछ । सोहि दिन चन्द्रागिरिबाट ट्रफी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा राखिनेछ । क्रिकेट समर्थक र सर्वसाधारणलाई समेत ट्रफीसँग तस्बीर खिच्न दिइनेछ । आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याइएको उनले जानकारी दिइन ।

विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याइएको हो ।यश अघि विश्वकप फुटबलको ट्रफी नेपालमा ल्याइसकिएको छ ।