पीपीएलः चितवनमाथि बुटवलको सानदार जित


पोखरा ।
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ ।

शनिबार भएको खेलमा कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि बुटबल ब्लास्टर्स पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई ७० रनले पराजित गर्न सफल भएको हो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । १३६ रनको लक्ष्य पछ्याएको चितवन १६ ओभर ५ बलमा ६५ रनमा अलआउट भयो ।

सोमपाल कामीले ४, ललित भण्डारीले २, रोहन मुस्तफाले १ विकेट झारेका थिए ।

पारसले टिमका लागि सर्वाधिक १० रन बनाउन सकेका हुन् । सन्नी पटेलले ९ र करण केसीले ७ रन गरेका थिए । स्मिथ पटेलले २ र हरिशंकर साह १ रन गरेका हुन् । । सोनु तामाङ, अनिलकुमार साह र आरिफ शेख शून्य रनमा आउट भएका हुन् ।
बुटवलको खेलमा विदेशी खेलाडी चिराग सुरीले १ रन बनाएका हुन् भने रोहन मुस्तफाले रन जोड्न सकेका थिएनन् । त्यस्तै भिम सार्की २ रनमा आउट भएका हुन् ।

चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गरे । शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारीमा सागरले ४६ रनमा पेभेलियन फर्किए भने राना ४८ रनमा आउट भए ।