नेपाल लगातार चौथोपटक च्याम्पियन

0
Shares

दिनेश ठकुल्ला, धनगढी
भारतको हल्दानीमा सम्पन्न पाचौँ इन्डो नेपाल कराँते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ।

२७ गोल्ड मेडलका लागि भएको प्रतिस्पर्धामा नेपाल सर्वाधिक १७ स्वर्णसहित च्याम्पियन बनेको हो। नेपालको तर्फबाट आदित्य श्रेष्ठ, गोसेफ नेपाली, विशाल विक, सौरभ अन्सारी, कमल ओलि, आरती चौधरी, अर्जुन थापा, पुस्पा मडै, प्रकाश भट्टले स्वर्ण पदक हासिल गरेका थिए। त्यस्तै, अनिल सोब, सुरज कुश्मी, गरिमा मल्ल, अरूणा ओलि, सागर विक, अमर बछेरा, सुदिप एस के र अभिषेक शाही पनि स्वर्ण पदक प्राप्त गरे।

अल इन्डिया वादोकाइ कराँते दो संघको आयोजनामा बिहीबार र शुक्रबार सञ्चालन भएको प्रतियोगितामा नेपालका तर्फबाट ३५ जना गरी १ सय ५० जना खेलाडीहरू सहभागी थिए।