पोखरा पल्टन ५८ रनले विजयी


विजय नेपाली, पोखरा
पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटनलाई ५८ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो। १ सय ९८ रनको लक्ष्य पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन मात्रै बनायो।

घरेलु टोलीका लागि पहिलो ओभरका लागि कुशल भुर्तेल र आशिफ शेखले ५३ रनको साझेदारी गरेका थिए। कुशल व्यक्तिगत ३८ रन बनाएर सन्दीप लामिछानेको बलमा प्रदीप ऐरीबाट क्याचआउट भएका थिए। त्यसपछि आशिफ र रवी इन्दर सिंहले व्याट सम्हालेका थिए। उनीहरूले ९४ रनको साझेदारी गरेपछि इन्दर सिंह सन्दीप लामिछानेको बलमा नै क्याच आउट भएका थिए। व्यक्तिगत ४४ रन बनाउँदै उनी पुष्प थापाको बलमा आउट भएका थिए।

विराटनगरका सहाब आलमले टिमलाई तेस्रो सफलता दिलाए। आसिफ शेखले ५२ रन जोडेका थिए। त्यसपछि क्रिजमा रहेका विनोद भण्डारी र शरद भेषवाकरले ३७ रनको साझेदारी गर्दै पोखरालाई बलियो स्थितिमा पुर्याएका थिए। विस्फोटक ब्याटिङ गरेका विनोदले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ४१ रन जोडेका थिए। विनोदले अन्तिम ओभरमा २४ रन बटुलेका थिए।

जवाफमा मध्यम शुरूवात गरेको विराटनगरका राजु रिजालले सर्वाधिक ३० रन बनाए। विराटनगरले दोस्रो ओभरको चौथो बलमै धमलालाई ११ रनमा गुमाएको थियो। त्यसपछि तेस्रो ओभरको तेस्रो बलमा प्रदीप ऐरी १० रनमा आउट भए। पाँचौ ओभरको अन्तिम बलमा जितेन्द्र सिंह ठकुरी शाहव आलमको बलमा आरिफ शेखबाट क्याच आउट भए।

पुष्प थापाले ३० रन बनाए। एन्टन एन्ड्रियुले १४ रन बनाउदा सन्दिप लामिछाने १४ रनमा नटआउट रहे। राजेश पुलामी ७ रनमा आउट भए। पोखराका ललित नारायण राजवंशीले ३ विकेट लिँदा मेहबुब आलम, कृष्णा कार्की, शरद भेषवाकर, विक्रम भुषाल र रसिद खानले समान १ विकेट लिन सफल भए। म्यान अफ दी म्याच पोखरा पल्टनका विनोद भण्डारी घोषित भए।

त्यस्तै बेस्ट क्याच विराटनगरका रोहित ऐरी घोषित भए पोखरा पल्टनका आषिफ सेखले लिगमा पहिलो अर्धसतक पूरा गरेका उनले फास्ट ५० को उपाधी प्राप्त गरे भने पोखरा पल्टनका कप्तान सरद भेषवाकरले विनि· बोनस हात पारे।

पीपीएलअन्तर्गत शनिबार पहिलो खेलमा पारस खड्को कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामीको बुटवल ब्लास्टर्सबीच खेल हुनेछ। त्यस्तै दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्स र दीपेन्द्रसिंह ऐरीको धनगढी ब्लुजबीच खेल हुनेछ।