नेपालद्वारा भारत पराजित

0
Shares

काठमाडौं, (नेस)
थाइल्यान्डमा जारी एएफसी यु १९ महिला फुटबल च्याम्पियनसिप छनोटअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले जित हात पारेको छ।

थाइल्यान्डको चोनबुरी रंगशालामा भएको खेलमा नेपालले चीर प्रतिद्वन्द्वी टोली भारतलाई २–० गोलअन्तरले हरायो। पहिलो खेलमा थाइल्यान्डसँग ३–० ले हारेको नेपालले भारतलाई हराएपछि छनोट हुने आसा ब्युँतेको छ। जबकि भारतले पहिलो खेलमा पाकिस्तानलाई १८–० को फराकिलो हार चखाएको थियो।

नेपालको जितमा रेखा पौडेलले दुबै गोल गरेकी थिइन्। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा नेपालका लागि ५९औं मिनेटमा रेखाले भारतीय डिबक्समा दुई जना डिफेन्डरलाई बिट गरेपछि गोलकिपरको दायाँपट्टि प्रहार गर्दै गोल गरेकी थिइन्। उनले नै अन्तिममा (८८औं मिनेट) डिबक्सबाहिर बल क्लियर गर्न आएकी भारतीय गोलकिपरलाई छक्याएर गोल गरेकी थिइन्।

यसैगरी हिजै भएको खेलमा आयोजक थाइल्यान्डले पाकिस्तानलाई १८–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा छनोट हुन नजिकिएको छ। यस समूह बीतर्फ नेपालले आइतबार अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ। सोही दिन भारत र थाइल्यान्डको पनि खेल हुनेछ। पाकिस्तानलाई हराएमा नेपालका लागि प्रतियोगिताको अन्तिम चरणमा छनोट हुने सम्भावना हुनेछ। समूहका शीर्ष टोली सिधै दोस्रो चरणमा छनोट हुन पुग्नेछ भने दोस्रो हुने टोली उत्कृष्ट बनेमा दोस्रो चरणमा पुग्ने संभावना हुनेछ।