विश्वकप ट्रफी आइपुग्यो


पाल समाचारपत्र
काठमाडौं
ईसीसी विश्वकप (एकदिवसीय) को ट्रफी नेपाल आइपुगेको छ। सन् २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकपको पूर्वसन्ध्यामा आईसीसीले ट्रफीलाई विश्वयात्राको अभियानमा लगाएको हो। यसैअनुरूप शुक्रबार काठमाडौंमा ट्रफीको आगमन भयो र पहिलो पटक ट्रफीको प्रदर्शन स्वयम्भुमा गरिएको थियो।

ट्रफीको अवलोकन गर्नेमा नेपाली क्रिकेट समर्थक पनि खासै थिएन। करिब १५ मिनेट स्वयम्भु स्तुपाको अगाडि राखिएको थियो।
नेपालमा चार दिनसम्म राखिने भने पनि काठमाडौं र पोखरामा मात्रै ट्रफीको प्रदर्शन हुनेछ। शनिबार पोखरामा विश्वकप ट्रफी प्रदर्शन गर्न लागेको छ। पोखरामा हाल पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट चलिरहेको छ। यसैलाई मध्यनजरमा राखेर ट्रफी पनि प्रतियोगिता दौरान प्रदर्शनीमा राखिने बताइएको छ।

यसपछि ट्रफी पुन काठमाडौं फर्काइनेछ। आइतबार बिहान चन्द्रागिरीमा प्रदर्शन गरिने कार्यक्रम रहेको छ। त्यस्तै सोमबार काठमाडौंस्थित बसन्तपुरमा प्रदर्शन गरिनेछ। विश्व यात्रामा रहेको ट्रफी नेपालबाट विभिन्न देशमा प्रदर्शनीमा राखेर अन्तिममा इंग्ल्यान्डमा पुग्नेछ।