प्रिमियर लिगः पोखरा पल्टनको सुखद सुरुवात


पोखरा ।
पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटनलाई ५८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ९७ रन बनाएको थियो । एक सय ९८ रनको लक्ष्य पक्ष्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै एक सय ३७ रन वनाएको थियो ।

पहिलो ओभरको लागि कुशल भुर्तेल र आशिफ शेखले ५३ रनको साझेदारी गर्दै पोखरालाई दरिलो सुरुआत दिलाएका थिए । कुशल व्यक्तिगत ३८ रन बनाएर सन्दीप लामिछानेको बलमा प्रदीप ऐरीबाट क्याचआउट भएका थिए । त्यसपछि आशिफ र रवी इन्दर सिंहले व्याट सम्हालेका थिए । उनीहरुले ९४ रनको साझेदारी गरेपछि इन्दर सिंह सन्दीप लामिछानेको बलमा नै क्याच आउट भएका थिए । व्यक्तिगत ४४ रन बनाउँदै उनी पुष्प थापाको बलमा आउट भएका थिए ।

विराटनगरका सहाब आलमले टिमलाई तेस्रो सफलता दिलाए । आसिफ शेखले ५२ रन बनाएर प्रदीप ऐरीबाट क्याचआउट भए । त्यसपछि क्रिजमा रहेका विनोद भण्डारी र शरद भेषावकरले ३७ रनको साझेदारी गर्दै पोखरालाई स्थितिमा पुयाएका थिए । उत्कृष्ट खेल खेलेको विनोदले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ४१ रन बनाएका थिए । विनोदले अन्तिम ओभरमा मात्र २४ रन बनाएका थिए ।

मध्यम शुरुवात गरेको विराटनगरका राजु रिजालले सर्वाधिक ३० रन बनाए । विराटनगरले दोस्रो ओभरको चौथो बलमै पहिलो धमलालाई ११ रनमा गुमाएको थियो । त्यसपछि तेस्रो ओभरको तेस्रो बलमा प्रदीप ऐरी १० रनमा आउट भए ।

पाँचौ ओभरको अन्तिम बलमा जितेन्द्र सिंह ठकुरी शाहव आलमको बलमा आरिफ शेखबाट क्याच आउट भए । पुष्प थापाले ३० रन बनाए । एन्टन एन्ड्रियुले १४ रन बनाउदा सन्दिप लामिछाने १४ रनमा नटआउट रहे । राजेश पुलामी ७ रनमा आउट भए । पोखराका ललित नारायण राजवंशीले ३ विकेट लिदा मेहबुव आलम, कृष्णा कार्की, शरद भेषवकार, विक्रम भुषाल र रसिद खानले समान १ विकेट लिन सफल भए । लिगको म्यान अफ दी म्याच पोखरा पल्टनका विनोद भण्डारी घोषित भए ।

त्यस्तै बेष्ट क्याच विराटनगरका रोहित ऎरि घोषित भए पोखरा पल्टनका आषिफ सेखले लिगमा पहिलो अर्धसतक पूरा गरेका उनले फास्ट ५० को उपाधी प्राप्त गरे भने पोखरा पल्टनका कप्तान सरद भेषावकरले विनिङ्ग बोनस हात पारे ।

पीपीएल अन्तर्गत शनिबार २ खेल हुँदैछ । पहिलो खेलमा पारस खड्को कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामीको बुटवल ब्लास्टर्सबीच खेल हुनेछ भने दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्स र दीपेन्द्रसिंह ऐरीको धनगढी ब्लुजबीच खेल हुनेछ ।