शनिबारदेखी रुकुम कप फुटबल हुँदै


धनवीर दाहाल, रुकुम पुर्व ।
समृद्ध समाज नेपालको आयोजनामा रुकुम पुर्वको रुकुमकोटमा शनिबारदेखी चौथो रुकुम कप नक आउट फुटबल सुरु हुने भएको छ ।

रुकुम कप फुटबलको सम्पुर्ण तयारी पुरा भएको समृद्ध समाज नेपालका खेल संयोजक तिलक रेउले (भास्कर)ले बताउनुभयो । सो कार्यक्रको प्रदेश नं ५ का सभामुख पुर्ण घर्तीले उद्घाटन गर्ने बताइएको छ । हरेक बर्ष रुकुम जस्तो दुर्गम क्षेत्रमा फुटबलको आयोजना गर्दै आएको समृद्ध समाज नेपालले चौथो संस्करण अन्र्तगत यस पटक रुकुम कप फुटबल गर्न लागेको हो ।

खेल क्षेत्रमा बिशेष भुमिका निर्वाह गर्दै आएको समृद्ध समाज नेपालले समय समयमा रुकुमको पहिचान झल्कने खालका सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिताहरु लगाएतका कार्यक्रम गर्दै आएको छ । यस पटक शनिबारदेखी हुने रुकुम कप फुटबलमा भाग लिन खेडालीहरु पनि रुकुमकोट पुगी सकेको जनाइएको छ ।