प्रगतिशील खेलकुदमा भलिबल तर्फ त्रिवेणी गाँउपालिका प्रथम


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका ६ मग्मा भएको प्रगतिशिल खेदकुदमा भलिबल तर्फ त्रिबेणी गाँउपालिका प्रथम हुँदै ६० हजार नगद र मेडल हात पार्न सफल भएको छ । बाँफिकोट गाउँपालिका ६ मग्मामा आयोजित प्रगतिशिल खेलकुद तथा साँस्कृतिक कार्यक्रममा भलिबल तर्फ त्रिबेणी प्रथम भएको हो ।

कार्तिक ४ गतेबाट सुरु प्रतियोगीता अन्तरगत पुरुष भलिबल, सिंगारु नाच, छेलो, रसाकसि र लोकदोहोरी प्रतियोगीता संचालन गरिएको थियो । त्यस्तै साँस्कृतिक कार्यक्रमहरु पनि संचालन गरिएको थियो । जिल्लाका २५ वटा भलिबल समुले प्रतिस्पर्धा गरेको भलिबल प्रतियोगीतामा प्रथम भएको त्रिवेणि गाउँपालिकाले नगद ६० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

द्धितिय हुने सानीभेरी गाउँपालिका ५ ले नगद ४५ हजार र तृतिय स्थान हासिल गर्ने चौरजहारी नगरपालिकाले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक प्रगतिशिल युवा क्लवले जनाएको छ । भलिबलमा सानीभेरी गाउँपालिका ५ का यदु ओली उत्कृष्ट खेलाडि र त्रिवेणि ८ का डायमण्ड खड्का उत्कृष्ट स्पाइकर घोषित हुनुभयो ।

त्यस्तै सिंगारु नाचमा वडा नम्बर ६ को शेरजंग खनालको समुह प्रथम, कुसारी टीम द्धितिय र मनकला खनालको समुह तृतिय भएको छ । छेलोमा बाँफिकोट ६ का धर्म विश्वकर्मा प्रथम हुँदा रसाकसीमा जिपसिंङको विशेष शाहिको टीम प्रथम भएको छ । लोकदोहोरीमा भने भावना केसीको समुह प्रथम भएका क्लवका संयोजक देवराज खनालले जनकारी दिनुभयो ।

पुरस्कृतलाई कर्णाली प्रदेश सभा सदस्य देवि ओलीले पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । यसै गरी कार्यक्रममा राष्ट्रिय कलाकार किरणबाबु पुन, तिलक परियार, तिलक सर्मपण, अमित परियार, तुल देवकोटा लगाएत आफ्नो प्रस्तुती राख्नुभएको थियो ।