विश्वकप क्रिकेट ट्रफी नेपालमा


काठमाडौं, (नेस)
फिफा विश्वकप ट्रफी नेपालमा प्रदर्शन भएपछि आईसीसी विश्वकप क्रिकेटको ट्रफी पनि नेपालमा अवतरण गर्न लागेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार ट्रफी शुक्रबार आइपुग्नेछ। नेपालमा क्रिकेट लोकप्रिय बन्दै गएको र युवा स्पिनर सन्दीप लामिछाने विश्व क्रिकेटमा छाउँदै गएको हुनाले पनि विश्वकप ट्रफी नेपाल ल्याउन लागेको हो।

ट्रफी ओमान, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै नेपालमा भित्रिनेछ। ५० ओभरको विश्वकप क्रिकेट प्रतियोगिता सन् २०१९ मा इंग्ल्यान्डमा आयोजना हुँदैछ। सो ट्रफी विभिन्न राष्ट्र हुँदै अन्त्यमा इंग्ल्यान्ड पुर्याउने आईसीसीले जनाएको छ।