निङ्गलाशैनी प्रिमियर लिग बिहीवारदेखि, तयारी पुरा


विनोद सिंह विष्ट, बैतडी ।
बिहीवारदेखि बैतडीको देहिमाडौंमा सञ्चालन हुने निङ्गलाशैनी प्रिमियर लिग(एनपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सञ्चालन हुने भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा ठुलो उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसि)ले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र प्रदेश सभा सदस्य लिलाधर भट्टको बिषेश उपस्थितीमा हुने एनपिएलका संयोजक रमेश बोहराले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रम निङ्गलाशैनी खेल मैदान देहिमाडौंंमा बिहीवार बिहान ९ बजे सुरु हुने जनाएको छ । यस्तै उद्घाटन खेलमा दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिका प्रतिस्प्रर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैंया,ट्रफी र प्रमाणपत्र राखिएको निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि)का अध्यक्ष महेश सिंह भण्डारीले बताउनुभयो ।

कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी १ जनालाई ११ हजार १११ ट्रफी र प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एक एक जनालाई जनही ५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइनेछ । १२ टोलीको सहभागीता रहने प्रतियोगितामा सर्वाधिक छक्का हिर्काउने १ जनालाई २ हजार २२२, सर्वाधिक चौका हिर्काउने १ जनालाई १ हजार १११ र सर्वाधिक क्याच समात्ने १ खेलाडीलाई नगद १ हजार १११ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने बताईएको छ । यस्तै अनुसासित १ टिमलाई ब्याट, ट्रफी र प्रमाणपत्र तथा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी १ जनालाई ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने बताइएको छ ।