प्रायः हामी बिरामी परेपछि मात्र स्वास्थ्य संस्थामा जँचाउन जान्छौं । अनि डाक्टरले रगत चाँच, दिसा–पिसाब जाँच, एक्सरे, ईसीजी, इकोजस्ता भएभरका जाँचका लागि प्रेस्क्राइब गर्छन् । हुन पनि के रोग लागेको हो भनेर थाहा पाउन यी जाँचहरू गर्नै पर्ने हुन्छ । रोग पत्ता लागेपछि मात्र बल्ल उपचार शुरु हुन्छ । कहिले त रोग जटिल अवस्थामा पुगिसकेपछि मात्र अस्पताल जाने हुँदा उपचारले निको नहुन सक्छ । त्यसैले बिरामी नभए पनि हामीले समय–समयमा पूर्ण स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।
नागरिक सचेत भएकाले अहिले नियमित स्वास्थ्य परीक्षण गराउनेहरूको संख्यामा बढोत्तरी हुँदै गएको छ । त्यसैले विभिन्न स्वास्थ्य संस्थाले शुल्क तोकेर होल बडी चेकअपको प्याकेज नै बनाएका छन् । तर प्याकेज भन्दै शरीरको पूर्ण स्वास्थ्य परीक्षणका लागि बिरामीबाट अस्पताल नै पिच्छे फरक–फरक शुल्क लिने गरेको पाइन्छ । होल बडी चेकअपका नाममा फरक–फरक शुल्क हुँदा बिरामीसमेत अलमलमा पर्ने गरेका छन् । आमनागरिकको आवश्यकता बुझेर नै निजी तथा सरकारी स्वास्थ्य संस्थाहरूले होल बडी चेकअप अर्थात् पूर्ण शारीरिक परीक्षणको प्याकेज उपलब्ध गराउन शुरु गरेका हुन् ।
होल बडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर त्यसभित्र के–के जाँच गरिन्छ, के–के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चाहिँ जानकारी राखेको पाइँदैन । त्यसैले कुनै स्वास्थ्य संस्थाले होल बडी चेकअप गर्छ भने सो चेकअपमा के–केको जाँच गरिन्छ, कत्तिको विश्वसनीय छ र त्यसका लागि कति पैसा तिर्नुपर्छ भन्ने बुझ्नु जरुरी हुन्छ ।
होलबडी चेकअपपूर्वको तयारी
- कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमुना दिनुभन्दा अगाडि तपाईंको दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निद्रा आदि कुरासँग निर्भर हुन्छ । त्यसकारण जाँच गर्न जानुभन्दा अगाडि निम्न पूर्वतयारी आवश्यक छ ।
- जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तीमा ८–१० घन्टा सुत्नुपर्छ ।
- कम्तीमा तीन दिनअगाडिदेखि साधारण खाना खानुपर्छ । धेरै बोसोयुक्त खाना खानाले रगतमा टीजी (ट्राइग्लिसराइड) अर्थात् बोसोको मात्रा बढाउँछ । प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ । व्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ ।
- विशेष गरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तीमा ८ देखि १० घन्टा खालि पेट हुनु अनिवार्य हुन्छ ।-कमसेकम २४ घन्टाअघिदेखि धूमपान, मद्यपान गर्नुहुँदैन । मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ । भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ ।
- जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ ।
- -जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनावारी चलिरहेको बारे जानकारी गराउनुपर्छ ।
- पाखुरासम्म सार्न मिल्ने र शरीरमा पनि हल्का एवं सजिलो कपडा लगाउनुपर्छ ।
होल बडी चेक गरेपछि त्यसको रिपोर्टले सामान्यतया सम्भावित रोग र रोग लाग्न नदिने उपायहरूका बारेमा समेत पूर्वजानकारी गराउँछ । अहिलेको सामान्य खर्चले, भोलिको सम्भावित लाखौं खर्च जोगाउन होल बडी चेकअपले अग्रणी भूमिका निर्वाह गर्ने चिकित्सकहरूको भनाइ छ ।
काठमाडौंका केही अस्पतालले लिने शुल्क
महिला होस् वा पुरुष, प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा शंका लागेमा थप परीक्षण पनि गर्नुपर्ने हुन्छ । त्यसैले केही अस्पतालहरूले प्रारम्भिक चरण र दोस्रो चरण गरी होल बडी चेकअपको प्याकेज बनाएका हुन्छन् ।
के हो होलबडी चेकअप ?
होल बडी चेक गरेपछि त्यसको रिपोर्टले सामान्यतया सम्भावित रोग र रोग लाग्न नदिने उपायहरूका बारेमा समेत पूर्वजानकारी गराउँछ । अहिलेको सामान्य खर्चले, भोलिको सम्भावित लाखौं खर्च जोगाउन होल बडी चेकअपले अग्रणी भूमिका निर्वाह गर्ने चिकित्सकहरूको भनाइ छ । परीक्षणपछि के–के कुरामा सावधानी अपनाउने भनेर चिकित्सकहरूले सुझाव दिने गर्छन् । ती सुझावहरू अवलम्बन गर्न सकेमा लाखौँ खर्चेर निको नहुने रोगहरूबाट सजिलै बच्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
होल बडी चेकअपलाई अस्पतालहरूले प्याकेज शीर्षक राखी महिला, पुरुष, उमेर समूहलगायतका आधारमा फरक–फरक शुल्क तोकेका हुन्छन् । महिलामा स्तनलगायत पाठेघरसहित केही थप अंगहरू परीक्षण गर्नुपर्ने भएकाले अलि बढी शुल्क पर्न जाने अस्पतालहरूले जनाएका छन् ।
होल बडी चेकअपमा के–के जाँच गरिन्छ ?
प्रतिक्रिया