निङ्गलाशैनी प्रिमियर लिगको खेल तालिका सार्वजनिक


विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा यही कात्तिक ८ गतेदेखि सञ्चालन हुने निङ्गलाशैनी प्रिमियर लिग(एनपिएल) टि–२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
निङ्गलाशैनी खेलमैदान देहिमाडौंमा हुने उद्घाटन खेलमा कात्तिक ८ गते दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिका खेल्ने भएका छन् ।
कात्तिक ९ गते सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिका ए भिड्दा अर्को खेलमा दोगडाकेदार गाउँपालिका र आयोजक निङ्गलाशैनी क्रिकेट क्लव(एनसिसि) प्रतिस्प्रर्धा गर्नेछन् । कात्तिक १० गते आयोजक एनसिसि र सिगास गाउँपालिकाबिच भिडन्त हुँदा अर्को खेलमा सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिका सि आमनेसामने हुने जनाएको छ ।

निङ्गलाशैनी क्रिकेट क्लवको आयोजनामा हुन लागेको प्रतिगोगिताको चौथो दिन कात्तिक ११ गते दशरथचन्द नगरपालिका ए र दशरथचन्द नगरपालिका सि बिच प्रतिस्प्रर्धा हुँदा सोही दिन अर्को खेलमा पुर्चौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिका भिड्नेछन् ।

प्रतियोगिताको पाचौं दिन कात्तिक १२ गतेदशरथचन्द नगरपालिका बि र शिवनाथ गाउँपालिकाबिच भिडन्त हुँदा अर्को खेलमा पुर्चौडी नगरपालिका र पाटन नगरपालिका खेल्नेछन् । कात्तिक १३ गते पहिलो खेलमा पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका भिड्दा दोस्रो खेलमा दशरथचन्द नगरपालिका बि र मेलौली नगरपालिकाबिच भिडन्त हुनेछ ।

लिगको अन्तिम खेलमा कात्तिक १४ गते मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका आमनेसामने हुने आयोजक निङ्गलाशैनी प्रिमियर लिगका संयोजक बिर सिंह भण्डारीले जानकारी दिए ।

जिल्लाका १२ टोली सहभागी हुने प्रतियोगितालाई चार समूहमा विभाजन गरी गरि खेलाइदैछ । प्रतियोगिताको सेमिफाइनल खेल कात्तिक १५ गते हुनेछ भने उपाधी भिडन्त तथा फाइनल खेल कात्तिक १६ गते हुने जनाएको छ ।

१ लाख ११ हजार प्रथम पुरस्कार रहेको उक्त प्रतियोगिता सुदूपश्चिम प्रदेशकै पहाडी जिल्लाको सबैभन्दा ठुलो धनराशीको प्रतियोगिता रहेको आयोजक निंगलाशैनी क्रिकेट क्लबका अध्यक्ष महेश भण्डारीको दाबी रहेको छ ।