विनोद सिंह विष्ट, बैतडी ।
महाअष्टमीको अवसरमा बैतडीका विभिन्न भगवती मन्दिरमा आज पशुबलिसहित पुजाआजा सम्पन्न भएको छ । जिल्ला विभिन्न भगवती मन्दिरमा आज १ हजार बढी रांगा तथा बोकाको बलि दिईएको छ ।
देहिमाडौंमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा ३५२ रांगा र ३३५ बोकाको बलि चढाईएको बैतडीका प्रहरी प्रबक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो । महाअष्टमीको दिन निंगलाशैनी भगवती मन्दिरमा ५० हजार बढी दर्शनार्थीले दर्शन गरेको दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष रन बहादुर बोहराले जानकारी दिनुभयो ।
मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा १३३ रांगा र १६७ बोकाको बलि दिईएको छ । यस्तै पुर्चौडीमा रहेको डिलाशैनी भगवती मन्दिरमा १३ रांगा र ५० बोकाको बलि दिइएको छ । उस्चै त्रिपुरा सुन्दरी मन्दिरमा पनि रांगा तथा बोकाको बलि दिइएको छ । निंगलाशैनी भगवती मन्दिरमा बैतडीसहित सुदूरपश्चिम र छिमेका राष्ट्र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।











प्रतिक्रिया