गुन्डा नाइके गणेश लामा थुनामुक्त

0
Shares

काठमाडौं ।
नेपाली कांग्रेससँग निकट गुन्डा नइके गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर उनी सोमबार राति थुनामुसक्त भएका हुन् ।

गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरी टोलीले लामालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २६ चैतमा गरेको थुनछेक आदेश बमोजिम हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप उनलाई डिल्लाबजार कारागारमा पुर्पक्षका लागि पठाइएको थियो । पछि मुद्दाको फैसलामा उनलाई ७ महिना कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।