भीनपाले गर्यो वडाबाटै स्वास्थ्य सेवा सुचारु

0
Shares

महेन्द्रनगर ।
भीमदत्त नगरपािलका वडा नं. १३ का वासिन्दाले वडाबाट स्वास्थ्य सेवा लिन थालेका छन् । भीमदत्त नगरपालिकाले वडा नं. १३ का वासिन्दाका लागि वडामा वडा स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मंगलबार वडा स्वास्थ्य इकाई उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले नगर स्थानीयलाई वडाबाटै सेवा पुगाउने प्रतिवद्धता अनुसार अनुसार वडा नं. १३ मा स्वास्थ्य इकाई सञ्चालन गरिएको बताए ।

 

‘भीमदत्त नगरपालिकालाई वासिन्दालाई आफ्नै वडाबाट स्वास्थ्य सेवा पुगाउने प्रतिवद्धता गरेका थियौ, त्यहीं प्रतिवद्धता अनुसार आज वडा नं। १३ मा वडा स्वास्थ्य इकाई उद्घाटन गरिएको छ’ नगर प्रमुख विष्टले भने,‘अन्य वडामा पनि सेवा उपलब्ध गराउन वडा स्वास्थ्य इकाई स्थापना गर्छौ ।’ नगर प्रमुख विष्टले स्वास्थ्य शिक्षा, कृषि र पर्यटनलाई भीमदत्त नगरपालिकालाई विशेष प्राथमिकता दिएर नगर सभाबाट नीति तथा कार्यक्रम पारित गरिएको बताए ।

‘जबसम्म शिक्षा र स्वास्थ्यको विकास हुँदैन, तबसम्म समाज विकास र समृद्धिको बाटोमा अघि बढ्न सक्दैन,’ नगर प्रमुख विष्टले भने,‘स्वस्थ मान्छेले मात्रै समाजको विकासमा योगदान दिन सक्छ, शिक्षा र स्वास्थ्य सभ्य समाजका महत्वपूर्ण हुन, त्यसैले शिक्षा र स्वास्थ्यको विकासका लागि नगरपालिका आफ्नो प्रतिवद्धतालाई कार्यान्वयन गर्न प्रतिवद्ध छ ।’ वडा स्वास्थ्य इकाई स्थापना गरिएको वस्तीमा दलित समुदायको बसोबास छ । भीमदत्त नगरपालिका वडा नं। १३ का वडा अध्यक्ष लाल बहादुर शाहीले स्वास्थ्य इकाईले वडाका वासिन्दालाई स्वास्थ्य सेवा लिन वडाबाट बाहिर जानु पर्ने बाध्यता हटेको बताए । ‘यो सबै दलित वस्ती छ, आर्थिक, शैक्षिक, सबै क्षेत्रमा कमजोर वासिन्दाको बसोबास छ’ वडा अध्यक्ष शाहीले भने,‘अब यसले सेवा लिन बाहिर जानु पर्ने बाध्यता हट्छ ।’

भीनपा–१३ का वासिन्दाले हालसम्म वडा नं। १६ को स्वास्य इकाई वा महेन्द्रनगर बजार आएर सेवा लिदैं आएका थिए । वडा नं। १६ का सबै वासिन्दालाई भौगोलिक रुपमा पायक पर्ने गरी स्वास्थ्य इकाई स्थापना गरिएको छ । वडा नं। १६ मा प्रसूती सेवा केन्द्र सञ्चालन गरिएको छ । भीनपाका नगर प्रमुख विष्टले केही महिना अघि सेवाको उद्घाटन गरेका थिए ।

भीनपा वडा नं। १३ का अध्यक्ष शाहीको अध्यक्षतामा गरिएको कार्यक्रममा नेकपाका नेता गोपाल रसाइली, भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्य प्रताप तिरुवा, वडा सदस्यहरु, भीनपा स्वास्थ्य शाखा नन्दराज जोशी लगायतका सहभागी भएका छन् ।

स्थानीय तह निर्वाचन नगर प्रमुख विष्टले संवैधानिक व्यवस्था अनुसार नगर वासिन्दालाई सहज रुपमा सेवा उपलब्ध गराउने प्रतिवद्धता गरेका थिए । चुनावी प्रतिबद्धता अनुसार गत वर्ष भीमदत्त नगरपालिकाका सबै वडामा एकीकृत जनस्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । नगरपालिकाका दुर्गम वस्ती खल्ला टुँडीखेलमा पहिलो पटक विशेषज्ञ शिविर आयोजना गरिएको थियो ।