भन्सार छली गरि ल्याएको १० लाख बराबरको कपडा बरामद

0
Shares

काठमाडौँ ।
महोत्तरीमा सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा नं। १३ गुल्मले १० लाख मूल्य भन्दा बढीको रेडिमेड कपडा, थान कपडा, सारी तथा अन्य विभिन्न कपडाहरु बरामद गरेको हो ।

सम्सी गाउँपालिका वडा नं.( ४ गैढाभेटपुरको १६ नं. पिलर सिमाना क्षेत्रमा रहेको धानखेतबाट सोमवार मध्यराति वेवारिसे अवस्थामा फालिएको उक्त परिमाणको कपडाहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।