गाँजासहित भारतीय नागरिक पक्राउ

0
Shares

पर्सा ।
वीरगञ्जको सीमा क्षेत्रबाट रु ४५ हजारभन्दा बढी मूल्यको गाँजासहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
इनरुवास्थित शङ्कराचार्यद्वारबाट नियमित चाँजको क्रममा उक्त गाँजासहित भारत विहार मुज्जफरपुर निवासी सोनुकुमार महतोलाई पक्राउ गरेको हो ।

मकवानपुरबाट खरिद गरिएको ६ केजी ५०० ग्राम गाँजा भारततर्फ लैजाने क्रममा सोनुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
रासस