करेन्ट लागेर एक युवतीको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, प्युठान ।
जिल्लाको ऐराबति गाउँपालिका (४ धुबाङमा करेण्ट लागेर एक युवतीको ज्यान गएको छ। स्थानीय २६ वर्षीय युवती सुमा भण्डारीको घर पोत्ने क्रममा विद्युत सट भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारको क्रममा प्युठान अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । अहिले मृतकको सब पोस्टमार्टमको लागि बिजुवार अस्पतालमा राखिएको छ ।