सप्तरी ।
मोटरसाइकलको ठक्करले सप्तरीमा आज एक साइकल यात्रीको मृत्यु भएको छ ।
सप्तकोशी नगरपालिका– ४ स्थित सडक खण्डमा कञ्चनरुपबाट फत्तेपुरतर्फ जाँदै गरेको स८प ६१३२ नं को मोटरसाइकलको ठक्करले घाइते साइकल चालक सप्तकोशी– ७ बस्ने २५ वर्षीय किसुन सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करले घाइते सदाको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सप्तकोशी– ८ का ३० वर्षीय विक्की झाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
रासस











प्रतिक्रिया