सप्तरी ।
सप्तरी प्रहरीले विभिन्न स्थानमा लगाइएको सात हजार गाँजाको बोट फँडानी गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले हनुमाननगर कङ्कालनी नगरपालिका– १३ गोबरगाढाबाट चार हजार बोट, डाक्नेश्वरी नगरपालिका– १ बाट एक हजार पाँच सय बोट, महादेवा गाउँपालिका– १ बाट एक हजार बोट, महदेवा– १ पकरीबाट एक सय बोट, शम्भुनाथ नगरपालिका– ७ भगवतपुरबाट ९० बोट, कञ्चनरुप नगरपालिका– ७ बलुवाबाट १८ बोट र खडकपुर नगरपालिका– ८ मुसहर्नियाबाट १५ बोट नष्ट गरेको जनाएको छ ।
घरको करेसाबारीमा लगाइएको गाँजा फँडानी गरेपछि आगो लगाई नष्ट गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो
रासस











प्रतिक्रिया