११ डीआईजीलाई दज्र्यानी चिन्ह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रीस्तरको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति हुनुभएका ११ जना वरिष्ठ प्रहरी अधिकृतलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दज्र्यानी चि≈नद्वारा सुशोभन गर्नुभयो।
दज्र्यानी चि≈नद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकहरूमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्याय हुनुहुन्छ। उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपछिको योगदान अझै बढी हुने भएकाले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्दै संगठनले गरेको अपेक्षा पूरा गर्न एक कदम अगाडि बढ्दै संगठनको खम्बा बनेर काम गर्न निर्देशन दिनुभयो।

इमानदार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले दशैं, तिहारजस्ता चाडपर्वमा अवाञ्छित गतिविधि नियन्त्रण गर्न कतैबाट पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो।

आफ्नो क्षमता प्रदर्शन गर्दै आफ्नै खुट्टामा उभिनेका लागि संगठन सदैव साथमा रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनको नीति विपरीत काम गर्ने कर्मचारी तत्काल सजायको भागिदार हुने बताउनुभयो। नेपाल प्रहरीले लागू गर्न लागेको समुदाय साझेदार प्रहरी अवधारणाले प्रहरीको कार्यमा थप गतिशीलता ल्याउने विश्वास व्यक्त गर्दै उहाँले यसलाई आत्मसात गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतका तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले अपराध नियन्त्रण, अपराधको अनुसन्धान, प्रकोपको व्यवस्थापन तथा नागरिकको आधारभूत हक अधिकारको सम्मान, राष्ट्र र नागरिकको सुरक्षा तथा सेवा प्रवाह गर्ने कार्यमा जिम्मेवारी र जवाफदेहिता बढ्नुको साथै नयाँ ऊर्जा प्राप्त भएकोले सोहीअनुरूप जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।