१० सर्जिकल स्ट्राइक


इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका एक मेजर जनरल आसिफ गफुरले भारतमा १० सर्जिकल स्ट्राइक गर्ने धम्की दिएका छन्। लन्डनमा सञ्चार माध्यमसँगको साक्षात्कारमा इन्टर सर्भिसेजका जनसम्पर्क विभागका प्रवक्ता गफुरले उक्त चेतावनी दिएका हुन्। यदि भारत पाकिस्तानभित्र सर्जिकल स्ट्राइक गर्ने दुस्साहस गर्छ भने त्यसको प्रतिक्रियामा १० सर्जिकल स्ट्राइकको सामना गर्नुपर्ने बताएको रेडियो पाकिस्तानले जनाएको छ। गफुर पाकिस्तानका सैन्य प्रमुख कमर जाबेद बाजवासँग बेलायत भ्रमणमा गएका हुन्। २ वर्षअगाडि भारतले पाकिस्तानी भूमिमा प्रवेश गरी कट्टरपन्थीविरुद्ध कारबाही गरेको दाबी गरेका थिए।