शव आउँदा गाउँ नै शोकमा

0
Shares

नेपाल समाचारपत्र, पर्वत
रोजगारीका लागि यूएई पुगेका यहाँका एक युवाको बिस्तारामै मृत्यु भएको छ। पर्वतको कुस्मा नगरपालिका–७ गोदामका २९ वर्षीय प्रेमबहादुर बस्यालको ज्यान गएको हो।

तीजको दिन घरमा टेलिफोन गरेर आमाबाबुसँग दुःख–सुख साटासाट गरेका बस्यालले दशैं मनाउन घर आउने योजना बनाएको भए पनि अकस्मात् मृत्युको खबर आएको हो। पैसा कमाएर छोरो घर आउने दिन कुरिरहेका आमाबाबु एक्कासी मृत शव आएपछि अचेत बनेका छन्।

१४ महिनाअघि यूएई पुगेका बस्यालको शव सोमबार नेपाल आइपुगेको हो भने मंगलबार बिहान कुस्मा नगरपालिका–५ स्थित कालीगण्डकी किनारमा रहेको गोपाङघाटमा दाहसंस्कार गरिएको थियो। बस्यालको उनकै साइँला बाबु सोमबहादुर नेपालीले काजकिरिया गर्ने भएका छन्। मृतक बस्यालका तीन वर्षीय एक छोरा र श्रीमती तथा वृद्ध आमाबाबु रहेका छन्। प्रशस्त धन कमाउने आशले बिदेसिएको परिवारको एकमात्र छोराको विदेशमै मृत्यु भएपछि श्रीमती र आमाबाबु भाववि≈ल बनेको स्थानीय शिवलाल बस्यालले जानकारी दिए। उनकाअनुसार श्रीमती अझै अचेत अवस्थामा रहेकी छिन्।

महिलाको महान् पर्व हरितालिका तीजको दिन गएको भदौ २८ गते राति खाना खाएर सुतेका बस्यालको सुतेकै ठाउँमा मृत्यु भएको हो। मृत्यु भएको १८ दिनपछि शव नेपाल आइपुगेको हो। यूएईको एक अस्पतालमा सहयोगीका रूपमा कार्यरत बस्यालको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ।
उनको सोही अस्पतालमा पोस्टमार्टम गरेर स्वदेश ल्याईको थियो। गाउँमा सबैसँग मिल्ने गरिब परिवारको युवा विदेशमा ज्यान गुमाएर बाकसमा फर्किएपछि अहिले सिंगो गाउँनै शोकमग्न बनेको छ। उनको मृत्यु के कारणले हो भन्ने बारेमा अझै विस्तृत जानकारी तथा क्षतिपूर्ति र राहतका बारेमा जानकारी आइनसकेको छिमेकी शिवलाल बस्यालले जानकारी दिए।

यूएई नै पुगेका पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका २८ वर्षीय यामप्रसाद रिजालको पनि तीजकै दिन दिउँसो सवारी दुर्घटनामा मृत्यु भएको थियो। उनको एक साताअघि शव नेपाल ल्याइपु¥याएर दाहसंस्कार गरिएको थियो।