सरोज यादव, विराटनगर
विराटनगरस्थित खानेपानी संस्थानले वितरण गरेको आइरनयुक्त पानीमा बालुवा र लेदो मिसिएको भेटिएको छ। तर पनि अधिकांश नगरबासीले पानीको प्रयोग नगरी मासिक महसुल तिर्दे आएका छन्।
विराटनगरस्थित खानेपानी संस्थानले वितरण गरेको पानीमा विगत ४ वर्षदेखि आइरनयुक्त, बालुवा र लेदो मिसिएर आइरहेको छ। विराटनगर–११ पिचराका उपभोक्ताहरू कतिपयले बाध्यताले पानीको प्रयोग गरेका छन् भने कतिपयले प्रयोग नै नगरी मासिक महसुल भने तिरिरहेका छन्। वडा नं ११ पिचराका दामोदर अधिकारी नियमित महसुल तिरेको पानी खानुहुन्न।
खानेपानीका लागि भनेर जोडेको धाराबाट फोहोर पानी आएपछि अधिकारी मात्र होइन पिचराका स्थानीयले शुल्क तिरेको पानी तरकारी र गाईबस्तुका लागि मात्रै प्रयोग गर्दै आइरहेका छन्। पानीमा लेदो, बालुवा र फोहोर आउने गरेको विषयमा खानेपानी संस्थानलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको उपभोक्ता दिलीप विष्टको गुनासो छ।











प्रतिक्रिया