नेपाल समाचारपत्र, लमजुङ
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को लमजुङ जिल्लास्थित ८ वटै स्थानीय तहमा संयन्त्र गठन गरिएको छ। सो दलले एकीकरणको सिलसिलामा संयन्त्र गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन आयोजना गरी सो संयन्त्रको सार्वजनिक गरिएको हो। सो कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारीको विशेष आतिथ्यता थियो।
घोषित संयन्त्रअनुसार ४ नगरपालिकामा जिल्ला सदरमुकामस्थित बेंसीशहर नगरपालिकामा राजकुमार विष्ट, लक्ष्मी अधिकारी, यशोदा रिमाल, जीवराज घले, हरिजंग तामाङ, देवबहादुर गहतराज, सुनीता पाण्डे र शोभा थापा हुनुहुन्छ। सुन्दरबजार नगरपालिकामा भीम गुरुङ, लोकराज पाण्डे, जनकराज मिश्र, प्रेमबहादुर दुरा, मुरारी भुजेल, कृष्णबहादुर सुनार, गेहेन्द्र मिश्र, शान्ता भुजेल हुनुहुन्छ। त्यस्तै, मध्यनेपाल नगरपालिकामा कृष्णप्रसाद पौडेल, राजकुमार श्रेष्ठ, योगेन्द्रनारायण शाह, लालसुब्बा गुरुङ, रामचन्द्र पौडेल, बलराम पौडेल, श्रीभद्र रेग्मी र नवराज घिमिरे रहेको उल्लेख छ।
रागिनास नगरपालिकामा पूर्णबहादुर गुरुङ, सिंहबहादुर थापा, रामचन्द्र भट्ट, बलराम घिमिरे, मेषबहादुर भण्डारी, इन्दिरा पोख्रेल, चन्द्रकान्त न्यौपाने, पुष्पराज खनाल रहनुभएको जानकारी दिइएको छ। यसै गरी, गाउँपालिकाको संयन्त्रमा दूधपोखरी गाउँपालिकामा रामहरि दवाडी, खड्गबहादुर गुरुङ, धनबहादुर गुरुङ, सतीमाया तामाङ, श्याम श्रेष्ठ र खेमबहादुर गुरुङ हुनुहुन्छ।
मस्र्याङ्दी गाउँपालिकामा नन्दराम विक, अर्जुन गुरुङ, जितबहादुर गुरुङ, अजय तामाङ, होमबहादुर विक र कृष्णबहादुर विक रहेको संयन्त्र गठन गरिएको छ। दोर्दीमा लोका अधिकारी, रामशाली घिमिरे, दिलबहादुर घले, भरत गुरुङ, अम्बिका मरहठ्ठा र चीनबहादुर गुरुङ रहनुभएको छ। त्यस्तै, क्ब्होलासोथार गाउँपालिकामा नारायणबहादुर गुरुङ, सूर्यप्रसाद गुरुङ, कुमारीमुनि गुरुङ, डम्बर गुरुङ, मोहनजंग गुरुङ र गंगाबहादुर गुरुङ रहनुभएको छ।











प्रतिक्रिया