नेपाल समाचारपत्र, काठमाडौं
नर्भिक इन्टरनेसनल हस्पिटलले यस वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा मोटरसाइकल ¥याली गरेर मनाएको छ। विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापीरूपमा मनाइन्छ। नर्भिकको बाथरोग विभागले विशेष मोटरसाइकल ¥याली आयोजना गरी जनचेतना अभिवृद्धि गर्ने कार्य गरेको हो।
बाथरोगसम्बन्धी प्रवचन र यसरोगबारे जनचेतनाको अभिवृद्धि गराउने अभिप्रायले उक्त प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रम नर्भिक प्रांगणबाट शुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोडगेट, कमलपोखरी, कालोपुल, (सिफल), जयवागेश्वरी, गौशाला, पुरानो बानेश्वर, बबरमहल हुँदै नर्भिकको प्रांगणमा आएर समापन भएको थियो। उक्त कार्यक्रममा बाथरोगीका अलावा सर्वसाधारण, चिकित्सकलगायतको सहभागिता रहेकोे थियो। नेपालीको जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन धेरै व्यक्तिलाई ग्रसित पार्दै आएको छ। वास्तवमा सबै उमेर समूहका मानिस तिनका जीवनको कुनै समयमा कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन्।
पुरुषका दाँजोमा महिला अझ बढी रोगको शिकार हुने गरेका तथ्याङ्कले देखाएको छ। धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही त्यस्ता पेसा जसले जोर्नीहरूमा चोट पु¥याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ। कार्यक्रमलाई सम्बोधन गर्दै रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महŒवबारे समेत प्रकाश पार्ने नर्भिकका बाथरोग विशेषज्ञ डा। अरुण गुप्ताले बताए। सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आरपी मैनालीले प्रत्येक तीन नेपालीमध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए।
बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थीपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिहरूलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनु रहेको नर्भिकका बाथरोग विशेषज्ञ डा। अरुणकुमार गुप्ता बताउँछन्।
यस वर्षको विश्व बाथरोग दिवसको नारा ‘बिलम्ब नगरौं, आजै गरौं सम्पर्क’ राखिएको छ। यसले बाथरोगी वा बाथरोगका जोखिममा रहेका व्यक्तिका लागि समयमै गरिने चिकित्सकीय परामर्श एवं उपचारको महŒवबारे प्रकाश पार्दछ।











प्रतिक्रिया