मिडिया उद्यमी ज्ञवालीको निधन

0
Shares

काठमाडौं, (नेस)
मिडिया उद्यमी हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार राति निधन भएको छ। नेपालको पहिलो निजी सञ्चार गृह कान्तिपुरका संस्थापक सदस्य ज्ञवालीको हृदयघातका कारण निधन भएको हो। ज्ञवालीको शनिबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो।

नेपाल रिपब्लिक मिडियाका अध्यक्षसमेत रहनुभएका ज्ञवालीको निधनमा विभिन्न संघ–संस्थाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्।
नेपालको निजी सञ्चारमाध्यमको विकास र विस्तारमा महŒवपूर्ण योगदान गर्नुभएका स्व। ज्ञवालीको निधनले नेपालको मिडिया क्षेत्रमा अपूरणीय क्षति भएको सञ्चार क्षेत्रमा संलग्न रहेकाहरूले बताएका छन्।