पत्रकार खड्काको खोजीका लागि प्रमलाई ध्यानाकर्षण

0
Shares

डोटी, (नेस)
गएको एक महिनादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्का ‘तेजु’ को खोजी कार्यका लागि पुनः पसल गर्न नेपाल प्रेस युनियन डोटी शाखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएका छन्। नेपाल प्रेस युनियन डोटी शाखामा आबद्ध पत्रकारको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षणपत्र बुझाएको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बलमे बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सहकर्मी साथी तेजु हराएको एक महिनाभन्दा बढी समय बितिसक्यो अत्तोपत्तो छैन। पुनः खोजीका लागि हामीले प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षणपत्र पठाएका छौं, पुनः खोजी गरे फेला पर्छन् कि रु’ पत्रकारहरूले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहराले जिल्ला प्रशासनको तर्फबाट पत्रकार तेजु खड्काको पुनः खोजीका लागि पहल गर्ने र ध्यानाकर्षणपत्र सीधै प्रधानमन्त्रीसमक्ष पठाउने बताउनुभयो। डोटी घर भई बाजुरको बूढीनन्दा एफएममा कार्यरत पत्रकार तेजबहादुर खड्का ‘तेजु’ गएको भदौ ९ गते बाजुराको बडीमालिका मेलामा गएर फर्किने समयमा छाप्रे भन्ने ठाउँबाट एकाएक बेपत्ता भएका थिए।

दशैं आउँदासमेत आफ्नो घरको सदस्य अहिलसम्म फेला नपरेको भन्दै उहाँका घर–परिवार चिन्तित बनेको पत्रकार तेजुका दाजु जितबहादुर खड्काले बताउनुभयो। उहाँले भन्नुभयो– ‘घरका मान्छेले केही पत्ता लाग्यो कि भनेर मलाई सोध्नुहुन्छ, मैले के उत्तर दिउँ, आफैं अलमलमा छु।’ पत्रकार खड्का रेडियो नेपाल केन्द्रीय तथा प्रदेश प्रशासरण केन्द्र दिपायलमा पनि कार्यरत थिए।