विजयादशमीमा सेनाको निःशुल्क बस सेवा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
विजया दशमीका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून मात्र चल्ने भएकाले सेनाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले उक्त दिन ८ वटा रुटमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

नेपाली सेनाले भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बूढानीलकण्ठ, बालाजुचोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघरसम्म बस सञ्चालन गर्ने भएको हो।

त्यस्तै भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, तीनकुने, बानेश्वर, शहीदगेट, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, हुँदै पुनः भद्रकालीसम्म बस सेवा सञ्चालन गर्ने भएको छ।

भद्रकाली माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी हँुदै कोटेश्वर, माइतीघर, भद्रकाली र भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने हुँदै भद्रकालीसम्म बस सञ्चालन हुने भएको छ।