सरोज यादव, विराटनगर ।
विराटनगर वडा नम्बर एक परोपकारघाटमा अति विपन्न श्रेष्ठ दम्पत्तीलाई शौचालयसहित घर निर्माण गरी हस्तान्तरण गरिएको छ । आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, युवा संघका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतलगायतले स्थानीय लालबहादुर श्रेष्ठ र सुशीला श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
विराटनगरस्थित राउत कन्ट्रक्सन, विराटनगर वडा नम्बर १ कार्यालय, सेन्ट म्यारिज स्कुललगायतले घर निर्माणमा सहयोग गरेको समाजसेवी कार्कीले जानकारी दिए।नुभयो । गतवर्ष साउनमा गएको बाढीका कारण श्रेष्ठ दम्पत्तीको बाँसको कटेरोको बगाएपछि त्यसयता उनीहरु खुला अकाशमूनि जीवन बिताउँदै आएका थिए ।
केही वर्षअघिसम्म घर बनाउने राजमिस्त्रीको काम गर्दै आएका लालबहादुरलाई मुटुको समस्या छ भने श्रीमती सुशीलाको २ वर्षदेखि शरीरको आधा भाग चल्दैन ।











प्रतिक्रिया