मनोज भट्ट, महेनद्रनगर ।
नजिकिदै गरेको बडा दसैं तथा तिहारका समयमा नेपाल भारतका सीमा पर्ने क्षेत्रमा घट्ने अपराधिक घटना तथा कृयाकलापहरु पत्ता लगाउनका लागि कञ्चनपुरको पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमा तालिमप्राप्त कुकुर प्रयोग गरिएको छ । कञ्चनपुर प्रहरीले आइतबारबाट गड्डाचौकी सीमा नाकामा तालिम प्राप्त कुकुरको प्रयोग गरेको हो ।
छिमेकी राष्ट्र भारतबाट अवैध रुपमा सर–समानहरु नेपाल भित्रिने सक्ने सम्भावना भएको भन्दै नेपाल प्रहरीले बडा दसैं तथा तिहारको समयमा कुकुर प्रयोग गरेको छ । यो समयमा भारतबाट विष्पोटक जन्य पदार्थ ९पटाका० तथा अन्य विभिन्न किसिमका लागू औषध भित्रिन नदिनका लागि प्रहरीले कुकुरको प्रयोग गरेको हो ।
नेपाल प्रहरी कुकुर परिचालन शाखाका ह्याड्लर प्रहरी हवल्दार खडक धामीले लागू औषध धेरै भित्रिने भएकाले कुकुर ल्याएर चेकचाँच गरेको बताए । कुकरबाट झोला र सामान चेकजाँच गरिन लागेपछि सबैको समान खोलेर चेक गर्नुपर्ने बाध्यता हटेको छ । प्रहरीले कुकुरका माध्यामबाट चेकजाँच गरेयता भन्सारले पनि आधुनिक मेसिनबाट झोला चेकिङ्ग गर्ने लागेको छ । दसैं तिहारका लागि गड्डाचौकी नाकाबाट दिनहुँ जसो तिन, चार हजार मानिस घर फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले दशैँ तिहार सुरक्षा योजना अनुसार सीमा क्षेत्रमा कुकुर ल्याएर चेकचाँच सुरु गरिएको बताए । उनका अनुसार कञ्चनपुर प्रहरीले दसैं तिहार सुरक्षा योजना कार्यान्वयन गरिसकेको छ । जस अनुसार कुकुर पनि ल्याएर चेकजाँच गरिएको छ । दसैं तिहारसम्म सिमा क्षेत्रमा कुकुर राखिने छ ।











प्रतिक्रिया