काठमाडौं ।
रौतहट, मकवानपुर र ईलामका विभिन्न स्तानमा आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
रौतहट गढिमाई नगरपालिका(७ धनाडी बस्ने बिरोधा राउत बराईको घरमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्किन गई आगलागी हुँदा घर र घर भित्र रहेको अन्नपात लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।
मकवानपुर बागमती गाउँपालिका(४ झुरझुरे बस्ने ५० वर्षीय बिरबहादुर गोले र सोही ठाउँस्थित फुलिमाया गोलेको घरमा अचानक आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।
ईलाम सन्दकपुर गाउँपालिका(१ आलुबारी बस्ने धनबल बहादुर राईको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा सोही घरसँगै रहेको टिनको छानो भएको १ तले घरभित्र रहेको अन्नपात, नगद, काठपात र ६ तोला सुन समेत जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको हो ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया